| ब्रिष | ![]() |
| राज्यपक्षबाट कष्ट मिल्ने, व्यापार-व्यवसायमा घाटा, घरेलु समस्याले पिरोल्ने, पारिवारिक अशान्ति बढ्नेछ। |
| कर्कट | ![]() |
| कसैकसैलाई विदेशयात्राको अवसर मिल्ने, विपरीतलिंगीसँग घनिष्ठता बढ्ने, स्वादिष्ट व्यञ्जन मिल्नेछ। |
धन्यवाद छ है दाइ, पेट्रोल सकेर कसरी गुडाउँ भइराबेलाँ ... अब लानै परेसी खाली किन लाने, म पनि बसुँ नि है ... बरु हेल्मेट चैं लाउदिन नि फेरि ।
|
||||||||||
|
||||||||||
|
मुलुकले युगान्तकारी परिवर्तनपश्चात् प्राप्त गरेको गणतन्त्र संस्थागत हुने कुरामा अब ढुक्क हुन सक्ने विश्वास पलाएको छ । संविधानसभामा रहेका सबै दलका जिम्मेवार नेताहरू सम्मिलित बैठकले आगामी जेठ १४ गते नै संविधान जारी गर्ने अठोट लिएको छ ।
राजधानीमा आजबाट नेपाल फर्मास्युटिकल्स एक्स्पो २०१० शुरू हुँदै छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले यो एक्स्पोको आयोजना गरेको हो । एक्स्पो आयोजनाका सम्बन्धमा एपोनका अध्यक्ष उमेशलाल श्रेष्ठसँग नेपाल समाचारपत्रका सहायक सम्पादक भगवती तिमल्सिनाले कुराकानी गर्नुभएको थियो ।
(रामराज रेग्मी), प्रधानसेनापति प्रकरणपछि जब प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए, सत्ताको लागि मरिहत्ते गर्ने नेपाली काँग्रेसले आफू अघि नसरी नेकपा (एमाले)लाई अघि सार्यो।
(लक्ष्मण अधिकारी), नेपालमा मिर्गौला प्रत्यारोपण शुरू भएको करिब डेढ वर्षपछि ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौला निकालेर प्रत्यारोपण गर्ने विषयमा बहस आरम्भ भएको छ।
नेपाल जनताको जनादेशलाई शिरोपर गर्ने कार्यमा सबै राजनीतिक दलका नेताहरूको लागिपर्न थालेको खबर औधि खुशी लागेको छ। जेठ १४ मा संविधान नबन्ला कि भन्ने ठूलो पीर परेको थियो।
नेपाल समाचारपत्र, (काठमाडौं), प्रमुख निर्यातजन्य वस्तु हस्तकलाको निर्यात चालू आर्थिक वर्षको छ महिनामा १२ प्रतिशतले गिरावट आएको छ। पुस मसान्तसम्ममा नेपालबाट १ अर्ब ४७ करोड १२ लाख ४५ हजार रुपियाँको हस्तकला सामग्री निर्यात भएको छ।
हलिउडकी चर्चित अभिनेत्री डायन क्रुगरले आफ्नो उमेर ५० वर्षनपुगेसम्म विवाह नगर्ने घोषणा गरेकी छिन्। केही समयअगाडि मात्र पति गुलियन कैनेटसँग छोडपत्र गरेकी डायना सम्बन्ध विच्छेदलगतै एक्लै परेकी थिइन्।
राजेन्द्र चापागाईं, (काठमाडौं), लिग रोमाञ्चक बन्दै छ। बुधबारका दुई खेल त्यसका प्रमाण हुन्। पाँचौं चरणमा आइपुग्दा पुछारको ब्वाइज युनियन क्लबले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीलाई हायलकायल ख्वाउनु अनि थ्री स्टार र त्रिभुवन आर्मीबीच युद्ध छेडिनुले हिजो लिगको रोमाञ्चकतालाई चुलीमा पुर्याएको भान दियो।