आगलागीबाट २ घर र  ५ गोठ नष्ट



धादिङ ।

धादिङको जंगलमा आगलागीको घटना अझै  रोकिएको छैन । केही जंगलमा मानिसले आफ्नो स्वार्थका लागि डढेलो लगाएको पाइएको छ भने केही स्थानमा आफैँ डढेलो लागेर ठूलो क्षति पुगेको छ ।

बनमा मानिसले लगाएको डढेलोका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेका एक घर र २ गोठ जलेर नष्ट भएसंगै सो परिवार घरबार बिहिन भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ५ धावेपाखाको बनमा लागेको डढेलोका कारण पुरै जंगल नष्ट भएको छ भने कल्पना ढुंगेलको घर, बाख्रा फर्म, कुखुरा फर्म, गाइको गोठ र भैसी गोठ जलेर नष्ट भएको छ ।

घरमा मानिस नभएको बेला डडेलोबाट आगलागी भएपछि खानेकुरा, कपडा तथा अन्य घरमा रहेको सबै चिज जलेर नष्ट भएपछि परिवार विचल्लीमा परेको पीडितले आफ्नोबारे जानकारी दिएकी हुन् । घटनाबारे प्रहरीले समेत सर्वजमिन मुचुल्का गरेको छ ।

यस वर्ष जिल्लामा २ घर जलेर नष्ट भएको छ भने विभिन्न ५ जनाको गोठ समेत जलेको छ ।

चैत  वैशाखमा जिल्लाका अधिकांश बन डढेलोको चपेटामा परेपछि जंगली जनावर, पक्षी समेत जङ्गलसँगै मरेका छन् । यसबारे यकिन तथ्याङ्क डिभिजन बन कार्यालयले समेत सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्