निती शाह खजुरे ब्रोको ड्रिम गर्ल



काठमाडौं ।

आगामी शुक्रबारबाट रिलीजमा आउने फिल्म खजुरे ब्रोको रोमान्टिक गीत मैले फकाएर मात्र सार्वजनिक गरिएको छ।

अनमोल गुरुङको शब्द, संगीत र स्वर रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रेअर राइ र नीति शाह फिचर्ड छन्। नीति शाह फिल्मको मुख्य पात्र खजुरेको सपनाको रानी बनेकी छन्। रोमान्टिक भावको गीतमा खजुरेको ड्रिम गर्ल बनेकी नीति सुन्दर देखिएकी छन्।

रेअर राइ र नीति शाह मुख्य भूमिकामा रहेको फिल्ममा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङलगायतले अभिनय गरेका छन्। सुरज सुनुवारद्वारा निर्देशित फिल्म दिव्य दृश्य इन्टरटेन्मेन्ट, मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको व्यानरमा नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गरेका हुन् भने सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता रहेका छन्।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा अनमोल गुरुङको संगीत, शिशिर विशंखेको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ। फिल्म धरानका एक वास्तविक पात्रको कथामा बनेको निर्देशक सुरज सुनुवारले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्