८० वर्षीया वृद्धाले पाइन् नागरिकता

मुगु। 

मुगुमा एक वृद्धाले ८० वर्षमा नागरिकताको प्रमाणपत्र पाएकी छ्नि्। जिल्लाको पूर्वी मुगु कार्मारोङ गाउँपालिका- ५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी हुन्। बृद्वा भत्ता पाउने भएपछि तेयसपछि उनी खुसीले दगं छन्।

१२ वैशाख २००० सालमा जन्मेकी उनलाई २०८१ साल वैशाख १२ मा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकताको प्रमाणपत्र  प्रदान गरेका हुन्।
३५ वर्षअघि कामिका श्रीमान् सोनामतेन्जिन कामीको मृत्यु भएको थियो। जिल्ला सदरमुकाम गमगढी पुग्न दुई/तीनकाे पैदल हिँड्नुपर्ने बाध्यता र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा उनी नागरिकताविहीन थिइन्।

श्रीमानको मृत्युपछि दुई छोरा पाल्न उनलाई धौधौ भयो। सरकारले एकल महिलालाई भत्ता दिन्छ भन्ने थाहा पाएपछि उनले नागरिकता लिन नखाेजेकाे हाेइन। तर, त्यति वेला श्रीमान् नभएकाेले नागरिकता नबनेकाे उनले बताइन्।

दुई छोरामध्ये एक छोरा सिलाजित निकाल्न जाँदा लडेर मृत्यु भयो। अर्काे छाेराकाे पनि नागरिकता छैन। आमाकाे नागरिकता नहुँदा छाेराकाे नागरिकता बनेन। उनले भनिन्,  ‘मेरो नागरिकता नहुँदा छोराको पनि नागरिकता बनेन्।

छोराबाट दुई नातिनी र एक नाति छन्। उनीहरूको जन्मदर्ता पनि हालसम्म बनेको छैन।’

प्रतिक्रिया दिनुहोस्