स्थानीय उत्पादनलाई बजारीकरण गर्न माग



सुर्खेत।

जाजरकोट शिवालयका किसानले स्थानीय उत्पादनलाई बजारीकरण गर्न माग गरेका छन् । गाउँपालिकाको केन्द्रमा रहेको हाट बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफ्नो  उत्पादनलाई बजारीकरण गरिदिन माग गरेका हुन ।

शिवालय गाउँपालिका जाजरकोटको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजना तथा साहास नेपाल,पाइला परियोजना शिवालय जाजरकोटको समन्वयमा आयोजित हाट बजार सञ्चालन गर्न सरोकारवाला पक्षको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका तरकारी उत्पादक किसानले बजारीकरणको माग गरेका हुन ।

शिवालय २ नेपा जाजरकोटका किसान नैनसरा घर्तीले स्थानीय उत्पादनले उचित बजार पाउन नसकेकोले सरकारले बजारीकरणका लागि सहयोग गर्न माग गरेका छन्  । उनले भने, “टनेल निमार्ण गरेर धेरै तरकारीको उत्पादन गरेका छौ तर हाम्रो तरकारीले उचित मूल्य पाउन सकेको छैन, धेरै टाढावाट ढुवानी गरेर ल्याउँदा पनि श्रमको मूल्य पाउन समस्या छ, त्यसैले उत्पादनको आधारमा सरकारले बजारीकरणमा सहजीकरण गरेर वस्तुको उचित मुल्यमा बिक्री गर्ने वातावरण निमार्ण गर्नुपर्छ” । घरमा तरकारकिा टनेल छन्, बजारीकरण गर्न समस्या भयो, पहिला बिक्री हुन्छ भन्नेभयो उत्पादन धेरै गरियो पछि बिक्री भएन कुहिएर खेर गयो , हाम्रो भन्दा सस्तो बाहिरबाट आउछ ताजाअर्ग्यानिक  हाम्रो उत्पादनले बजार पाएन उनले भने  । अब गाउँपालिकाले उत्पादनको आधारमा अनुदान तथा बजारीकरण गरिदिनुपर्ने घर्तीले बताए ।

त्यस्तै अर्का किसान कासी घर्तीले पनि उत्पादनका आधारमा बजारकिरणसंगै अनुदानको व्यवस्थापन गर्नुपर्ने बताए । हाम्रो बारीमा तरकारी खेर जान्छ,बजारमा ल्याएर विक्री नहुँदा घरमा लिनपर्छ त्यत्तिकै खेर जान्छ, अनि हाम्रो तरकारीले मूल्य पाउँदैन, त्यसैले अब सरकारले हाम्रो श्रमको मूल्य नघट्ने गरेर बजारीकरणमा सहयोग गर्नुपर्ने माग गरे । स्थानीय उत्पादनको दररेट निर्धारण गरेर श्रमअनुसारको मूल्य प्राप्त गर्ने वातावरण मिलाई दिन आग्रह गरे ।

शिवालय गाउँपालिका जाजरकोटका अध्यक्ष शेरबहादुर शाहीले स्थानीय उत्पादनलाई वृद्धि गरेर किसानलाई आत्मनिर्भर वनाउन योजना बनाएको बताए । किसानको उत्पादनलाई बजारीकरण गर्न गाउँपालिकाले योजना बनाएको भन्दै मागको आधारमा उत्पादन गर्नुपर्ने बताए । बजारको मागको आधारमा उत्पादन गर्नुपर्छ त्यसको बजारीकरणको जिम्मा सरकारले लिने भन्दै समय अनुसारको उत्पादनमा लाग्न किसानलाई आग्रह गरे । उत्पादनका आधारमा किसानलाई अनुदान दिने बताउँदै लगानी र उत्पादनमा आधारित सहुलियत अनुदान दिइने बताए । प्रविधिद्वारा किसानको उत्पादनलाई दिगोरुपमा बचाउन चिस्यान केन्द्रको निमार्ण गरिने पनि जानकारी दिए । अर्ग्यानिक  तरकारी उत्पादन गर्नुस् तपाईको उत्पादनको बजारीकरणको काम पालिकाले गर्छ , ढुक्क भएर पशु तथा कृषि व्यवसाय गर्नुस् तपाइलाई पालिकाले अनुदान दिन्छ । अनुदान लिएर व्यवसाय सञ्चालन होइन व्यवसाय सञ्चालन गरेर अनुदान लिन आउनुस् अध्यक्ष शाहीले  भने ।

अन्तरक्रियामा कृषि बजार व्यवस्थापन समिति सुर्खेका अध्यक्ष टोपेन्द्र जंग शाहीले स्थानीय उत्पादनको पहिचान गरेर उत्पादीत वस्तु र ब्यवसायीको विचमा प्रभावकारी समन्वय भएमा कृषकको उत्पादनले बजार पाउने बताए । बजारमा माग भएको वस्तुको उत्पादनमा वृद्धि गरेमा किसानको कृषिजन्य वस्तुले उचित मूल्य पाउने बताए । किसानको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सडक विस्तार भएमा किसान र व्यवसायी विचमा समन्वय र सहकार्य गर्न सकिने बताए ।

त्यस्तै कृषि विकास कार्यालय जाजरकोटका प्रमुख महेश आर्चायले उत्पादनसँग बजारलाई जोड्न जरुरी भएकोले सडक विस्तार, प्रोत्साहन तथा कृषि उत्पादनको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

साहास नेपालका व्यवस्थापक हरि अधिकारीले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको बताए । अधिकारीकारीका अनुसार शिवालयमा कृषि उत्पादनलाई वृद्धि गर्न थोपा सिचाई, विउ वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।

किसानको उत्पादनलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान दिने कृषि विकास शाखाका प्रमुख विश्वामित्र शर्माले बताए । स्थानीय उत्पादनलाई बजारीकरण गर्न, कृषकलाई ब्यवसायीसंग जोडेर व्यवस्थित व्यवसाय गर्न, आम कृषकलाई व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्न गाउँपालिकाले योजना बनाएको बताए। ढुवानीमा अनुदान, बजारीकरणमा सहजीकरण, मूल्यको समायोजनको लागि समन्वय लगायतका काम गाउँपालिकाले गर्ने पनि शर्माले जानकारी दिए।


 
शिवालयमा हाट बजार सञ्चालन

शिवालय गाउँपालिकाको केन्द्र भएको स्थानमा हाट बजार सञ्चालन गरिएको छ । गाउँपालिका किसानले उत्पादन गरेका कृषिवस्तुको बिक्री वितरणमा सहजता ल्याउन हाट बजार सञ्चालन गरिएको हो ।

गाँउपालिकाका अध्यक्ष शेरबहादुर शाहीले आज एक कार्यक्रमका विच किसानका कृषिवस्तुको विक्रिवितरणमा एकरुपता ल्याउन तथा बजारीकरणमा योगदान दिन हाट बजार सञ्चालन ल्याएको जारी दिए ।

 शिवालयका विभिन्न वडामा उत्पादन गरिएका विभिन्न कृषि उत्पादनलाई बिक्री वितरण गर्न प्रत्येक महिनाको १५ गते र मसान्तमा पालिका स्तरीय हाट बजार सञ्चालन गरिने निर्णय भएको कृषि विकास शाखाका प्रमुख विश्वामित्र शर्माले जानकारी दिए ।

हाट बजारको व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिकाको सहजीकरणमा संचालक समिति निमार्ण गरेर नियमितरुपमा सञ्चालन गरिने प्रमुख शर्मा बताए । उनका अनुसार कृषकको उत्पादनलाइृ बजारीकरण गर्न सहुलियत अनुदान,भाडामा अनुदान र बिउमा अनुदान दिइने छ ।

कार्यक्रममा शिवालयका गाउँपालिका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, शिक्षक, किसानहरु,गैरसरकारी संस्थाका प्रतिनिधि, तरकारी ब्यवसायीहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्