गाउँका सिंहको गर्र्जन



जनप्रतिनिधिहरूले जनता जर्नादन भन्ने शब्द धरहराले सधैँ सुन्दै आएको थियो। अचेल धरहरालाई यस्तो शब्द सुन्नुमा रत्तिभर मज्जा लाग्दैन। धरहराको दूरबिनले हरेक दिन उस्तै–उस्तै दृश्य र शब्द सुन्नुपरेकोले एक दिन वाक्क दिक्क ललितपुरतिर के दूरबिन तेस्यार्एका थियो, निकै फुरुङ्ग भए।

त्यो दृश्य थियो, ललितपुर महानगरपालिका– ११ मा आवास क्षेत्रभित्र विद्युतीय शवदाह गर्ने राख्ने निर्णयको विरोध गर्न गएका स्थानीयहरूलाई ती लोकल सरकारका प्रतिनिधिले अल्पबुद्धिको पराकाष्ठा भनेर गाली गरिरहेको थियो।

चुनाव जिताउनेलाई जनता जनार्दन, भगवान् भन्ने मात्र शब्द सुन्दै आएका धरहरालाई यो शब्द शुरूमा सुनेपछि एकक्षण बडो गज्जब पनि लाग्यो। नभन्दै एकक्षणमा धरहरालाई ती जनप्रतिनिधिको कुरो सौह्रै आना ठीक लाग्यो। आखिर चुनावताका सबैले खुबै सुनेका थिए, गाउँ–गाउँमा सिहदरबार। अल्पबुद्धिको पराकाष्ठा भन्ने बोली आखिर सिंह गर्जिएको न हो।

चुनावताका सुनिएको नारालाई सही प्रमाणित गरिदिएकोमा ती जनप्रतिनिधिलाई मुरीमुरी धन्यवाद दिँदै धरहराले निकै खुसीका साथ आफ्नो दूरबिन तेस्र्याउने काम खटिए।

प्रतिक्रिया दिनुहोस्