काठमाडौं ।
गायिका मेनुका पौडेलको आँखामा कृत्रिम आँखा राखिएको छ।
आइतबार तिलगंगा आँखा प्रतिष्ठानमा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिएकी छन् ।
‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि चाहिँ फिर्ता नआउने अस्पतालले जनाएको छ । सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतको भनाइ छ । अस्पतालका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।