वैकल्पिक सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई एमाले माओवादीको निवेदन



विराटनगर । 

कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि  नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्  ।

एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन् ।

निवेदनमा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई बैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ ।

गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली काँग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्