ओलम्पिक खेलाडी युद्धमा मारिए



एजेन्सी ।

रियो ओलम्पिक २०१६ मा युक्रेनबाट सहभागि जनाएका भारोत्तोलक अलेक्सान्डर पीएलीशेन्को युद्धमा मारिएको जनाएको छ।रुसविरुद्ध भइरहेको युद्धमा ३० वर्षीय अलेक्सान्डरले युृक्रेनको सेनाबाट लडेको युक्रेनको राष्ट्रिय ओलम्पिक कमिटीले पुष्टि गर्‍यो।

कमिटीले अलेक्सान्डरको निधनमा दुःखी भएको भन्दै फेसबुकमा पोस्ट गरेको थियो। सन् २०२२ मा युक्रेनमाथि रुसी सैनिकको आक्रमण भएपछि उनी युक्रेनको सेनामा आबद्ध भएका थिए।

रियो ओलम्पिकअन्तर्गत पुरुष भारोत्तोलनको ८५ केजी विधामा एलेक्सान्डर चौथो स्थानमा रहेका थिए। उनले युरोपेली प्रतियोगिताहरू २०१६ र २०१७ मा भने स्वर्ण पदक जितेका थिए। तर, उनलाई ड्रग परीक्षणमा असफल भएपछि सन् २०१८ मा प्रतिबन्ध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्