सन्दीपले भने- बलात्कार गरेको पुष्टि भए मलाई फाँसीमा चढाइयोस्



काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशाला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले आफूले बलात्कार गरेको पुष्टि भए फाँसीको सजाय दिन माग गरेका हुन्।

पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको सुनुवाइ स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस्। म दोषी देखिन्छु भने फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन।’

सन्दीपले आफ्नो पोस्टमा यो घटना कसैले नियोजित रूपमा गराएको आरोप समेत लगाएका छन्। उनले भनेका छन्- ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला ।’

प्रतिक्रिया दिनुहोस्