कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्‍यु, तीन जना घाईते



काठमाडौं ।

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ भने, ३ जना घाइते भएका छन् । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको प्रहरी जानकारी दिएको  हाे ।

प्रहरीका अनुसार, बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्