काभ्रेको रोशीमा भीषण आगलागी, १४ घर जलेर नष्ट



काभ्रे।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा भीषण  आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर नष्ट भएका छन ।


बिहान ७ बजेदेखखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । पानी पर्याप्त नभएको र आगलागी ठुलो क्षेत्रमा फैलिएकाले आगलागी नियन्त्रण कठिन भएको स्थानीयले बताएका छन्  ।

अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

हावाहुरीका कारण आगो झनै फैलिएको छ । नजिकै सानोपोटामा  बस्ती रहेकाले बस्ती जोगाउने प्रयास भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्