प्रभावकारी बन्दै “स्मार्ट हेल्थ” कार्यक्रम 



बाजुरा 

बडीमालिका नगरपालिका वडा नं सात चुथीकी कला थापा (भोटे)लाई  विगत लामो समयदेखि  उच्च रक्तचाप तथा हात जोर्नी दुख्ने समस्याले सताएको थियो ।  बिराम चेक जाँच  गर्न उनीसँग न त आर्थिक अवस्था मज्वुत छ न त जिल्लामा सुलभ स्वास्थ्य उपचार हुन्छ । आर्थिक अभाकै कारुण उनले लामो समय देखि रोग पालेर बसेकी थिइन् । गाउँमै “स्मार्ट हेल्थ” कार्यक्रम अर्थात् अनलाइन  स्वास्थ्य उपचार सेवा सुरु भयो । भिडियोकल मार्फत डाक्टरले उनको विराम पत्ता लगाए । उपचार विधी र औषधी टिपाए , डाकटरले भने अनुसारको औषधि  सेवन गरेको एक महिनामा विराम ठिक भयो । उनी   हिजो–आज घरायसी कामकाज सहजै गर्न सक्छिन्।

     त्यस्तै बडिमालिका नगरपालिका वडा नं सातका बिरु चदारालाई पनि हाड जोर्नी दुख्ने समस्याले सताएको थियो । उनीपनि लामो समय देखि उपचार गराउन नसक्दा घरमै थला परेका थिए । चुथी स्वास्थ्य चौकीले  स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरेपछि उनले स्वास्थ्य चेकजाँच गराए। ‘भिडियो ( जुम )मा बोलेर के ठिक होला सोचेको थिएँ, डाक्टरले टाढाबाटै हेरेर मेरो रोग पत्ता लगाउनु भएछ ।  डाक्टरको सल्लाहा हनुसार औषधि सेवन गर्दा हातजोर्नी दुख्ने समस्या समाधान भयो’ बिरुले भने । बडिमालिकाका कला थापा र विरु चदारा  त टेलि उपचार गराउने प्रतिनिधि पात्र मात्र हुन् ।

मार्तडी स्वास्थ्य चौकी चुथीबाट एक महिना भित्र एक सय बढी बिरामीको स्मार्ट हेल्थ कार्यक्रमबाट लाभ उठाएको जनस्वास्थ्य निरीक्षक एवं मार्तडी स्वास्थ्य चौकी प्रमुख धर्म बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा दुर्गम पिछडिएका तथा सीमान्तकृत वर्गका नागरिकको सुलभ स्वास्थ्य उपचार सेवाका लागि सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम दिन प्रतिदिन प्रभावकारी बन्दै गएको छ । सेवा सञ्चालनमा आएदेिख हालसम्म १०० जना भन्दा बढी सेवाग्राहीहरुको टेलिहेल्थ एप्समा दर्ता भएका छन्, जस्मा ४० जना बिरामीलाई डाक्टरसँग परामर्श गराए उपचार सेवा पाएका छन् । ती मध्ये विशेषगरी दिर्घ रोगी जस्तै मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी दुख्ने , गर्भावस्थामा समस्या आएका, महिलारोगी जस्ता समस्या देखिएका छन् जनस्वास्थ्य अधिकृत खत्रीले भने ।  स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले उपचार तथा परामर्श गर्न नसकेका बिरामीहरूलाई डाक्टरको परामर्श अनुसार उपचार सेवा दिने गरेको छ ।

 सोमबार र बिहीबार अनिवार्य डाक्टर परामर्श उपचार सेवा र अन्य दिन आकस्मिक सेवा २४सै घन्टा दिने गरिएको छ स्वास्थयचौकी प्रमुख खत्रीको भनाई छ । स्मार्ट हेल्थ कार्यक्रमले विशेषगरी टेलि हेल्थ ओपिडी सर्भेस(बहिरंग सेवा)अन्तरगत दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य सेवा नपुगेका र सीमान्तकृत ब्यक्तिहरुले टेलि हेल्थ एप मार्फत डाक्टर र विशेषज्ञ सेवा प्राप्त गर्न चुथी स्वास्थ्य चौकीले पहिलोपटक उक्त सेवा सञ्चालन गरेको हो  ।

 उक्त सेवा सञ्चालन भएपछि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा : एनटी नेशल केयर ए एन सी र इन्च्युशनल डेलिभरी केयर पि एन सी कार्यक्रमको सुदृढीकरणका लागि राखेको छ । इमुनेजेशन सर्भिस (खोप सेवा)लाई प्रवद्र्धन र सबलीकरण गर्न सहयोग गर्दै प्रोटोकल अनुसार बाल खोप सेवालाई ट्र्याक गर्न सहयोग गर्दै आएको छ भने  त्यसैगरी पोषण सेवा अन्तरगत दुई वर्ष मुनिका बालबालिकाको पोषण सेवा स्थिति निगरानी गर्नमा सहयोग गर्दै आएको छ ।

 जिल्ला अस्पताल सम्म पनि आउन नसक्ने गाउँमा रोग पालेर बसेका सीमान्तकृत  ब्यक्तीको स्वास्थ्य अवस्था मध्यनजर गरी बडिमालिका नगरपालिका र वडा कार्यालयको पहलमा ग्लोबल हेल्थ स्मार्ट कार्यक्रम लागू गरेको बडिमालिका नगरपालिका वडा नं सातका वडाध्यक्ष एवं नगरप्रबक्ता धर्मराज पाध्यायले बताए  । उनका अनुसार  स्वास्थय चौकीमा ल्याव सेवा सुचारु भएसंगै बिरामीको उपचारमा सहज भएको छ ।  विशेषज्ञे जनशक्तिको खर्च ग्लोबल हेल्थ स्मार्ट परियोजनाले बेहोर्ने र औषधि  उपकरण खर्च बडिमालिका नगरपालिकाले बेहोर्ने गरी कार्यक्रम सम्झौता भएको छ।  गाउँमा बिराम पालेर बस्ने। तर, डाक्टरसँग चेकअप नगर्ने बिरामीको लागि  अनलाइन परामर्श सेवा अत्यन्त उपयोगी भएको छ । अनलाइनमार्फत सिधै विषय विशेषज्ञे डाक्टरसँग कुराकानी गर्न पाउँदा आद्या विराम त्यसै ठिक हुन्छ । उपचार सम्भव भए औषधि  लेखिदिन्छन् ।नहुने भए विशेषज्ञेले सुविधायुक्त अस्पतालमा सिफारिस गरिदिन्छन् कार्यक्रम राम्रो छ वडाध्यक्ष पाध्यायले भने।

प्रतिक्रिया दिनुहोस्