प्रमको जिद्दी कि सल्लाहकार हुस्सू



प्रधानमन्त्री केपी शर्मा ओली सफल मृर्गौला प्रत्यारोपण गरेर १२ दिनपछि निवास फर्कने बेला टिचिङ अस्पतालमा निकै ठूलो भिडभाड देखियो। शुभचिन्तक प्रधानमन्त्रीलाई हेर्न लालायित थिए। बिरामी प्रधानमन्त्रीलाई सहज रूपमा निवास लैजानुपर्नेमा निकै भिडभाडको साथ बाहिरिनुभएको थियो।
प्रधानमन्त्री ओली उभिन नसकेर डाक्टर र सुरक्षाकर्मीले हात समातेर सहयोग गरेका थिए। विश्वव्यापी रूपमा कोरोनाको त्रास फैलिएको बेला प्रधानमन्त्री ओली भने भिडभाडमा माक्सबिना नै हात हल्लाइरहेका थिए। बिरामी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति किन खेलवाड धेरैको प्रश्न थियो। प्रधानमन्त्रीका सल्लाहकार थिए तर ती के हेरेर बसेका थिए रमिता ?
त्यही भिडमा धेरैले प्रश्न गरेको धरहराले देख्यो। प्रधानमन्त्री निको भएर घर फर्किनु सिंगो नेपालीका लागि खुसीको खबर हो। तर हल्लाखल्लाबिना नै घरजानुपर्ने प्रधानमन्त्रीलाई समातेर देखाएको रमिता भने धेरैलाई निको लागेन। प्रधानमन्त्रीले जिद्दी गरेका हुन् कि ? डाक्टरले कोराना थाहा नपाएका हुन् कि ? सल्लाहकार हुस्सु भएका हुन् ?

प्रतिक्रिया दिनुहोस्