बझाङमा एमालेका भण्डारी २५ मतले अगाडि



काठमाडौं ।

बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणनाको पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले १० हजार १ सय ४९ मत ल्याएर अग्रता कामय राखेका छन्।

उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार अभिषेक बहादुर सिंहले १० हजार १ सय २४ मत ल्याएका छन्। सिंह भन्दा भण्डारी २५ मतले मात्रै अगाडि छन्।

अहिलेसम्म २७ हजार ३ सय ७६ मत गणना भएकोमा २६ हजार ७८५ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्