मोडल डा. आयुष्नोभा मिस इन्टरकन्टिनेन्टल

182
Shares

काठमाडौं ।

राजधानीमा हालै सम्पन्न युवा युवतीको सौन्दर्य प्रतियोगितामा सजिना खनाल र धीरजकाजी बस्नेत मिस एन्ड मिस्टर नेशनल नेपाल २०२४ भएका छन्।

प्रतियोगितामा कलाकार तथा मोडल डा. आयुष्नोभा ढुंगाना मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४ घोषित भएकी छन्। कलाकारिता र चिकित्सा पेसालाई एकसाथ अघि बढाइरहेकी ढुंगानाले बंगलादेशबाट एमबीबीएस गरेकी छन्।

अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेसरल साइकी ह्याटिक म्यानेजमेन्ट, साइको इडुकेसन, बाइप्लोर डिसअडर, डिप्रेसन पोस्ट ग्रेजुएसन क्रेडिट पाठ्यक्रममा एक शतप्रतिशत क्रेडिट पाएकी डा. ढुंगाना हाल हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएसन क्रेडिट कोर्स गर्दैछिन्।

प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोबल नेपाल २०२४ मोनिका अधिकारी र मिस्टर इन्टरनेसनल नेपाल २०२४ क्षितिज श्रेष्ठ क्षेत्री भएका छन्। सनुर्वी इन्टरनेसनलद्वारा आयोजित प्रतियोगितमा महिला र पुरुष गरेर २९ प्रतिस्पर्धी थिए।