जान्छस् थाइल्यान्ड अब



कानुन व्यवसायीहरुलाई हरेक साउनको १ गतेदेखि लगभग १५ गतेसम्म बिदा हुने गरेको धरहरालाई थाहा नै भएको विषय हो। ती दिनमा अदालतमा भएका मिसिलहरु मिलाउनुपर्ने र सुनुवाइ प्रायः कम नै हुने भएका कारण कानुन व्यवसायीलाई बिदा हुने गर्दछ। अब साउन आउन नपाउँदै साउनकै झल्को आउने गरी बिदा हुने दिन आउने भयो भनेर नेपाल बारको प्राङ्गणमा बुधबार कानेखुसी गरेको पनि देखियो।
कानुन व्यवसायीहरु किन कानेखुसी गर्दै छन् भनेर धरहराले दूरविन अझै नजिक लगेर हेरेको त कारण त्यही कोरोना भाइरसको पो रहेछ। कोरोना भाइरसले गर्दा अब अदालतका कामकाज ज्यादै नै छोटिँदै छ भन्ने गाईंगुईं चलिरहेको छ। यसले गर्दा कानून व्यवसायीहरुले अब साउन नलाग्दै आराम गर्न पाइने भो भनेर कानेखुसी गर्दै पो रहेछन्।
हाल मौसम पनि ज्यादै उपयुक्त छ। न जाडो न गर्मी। यस्तो अवस्थामा अब कानून व्यवसायीहरु कोही सिंगापुर जाने त कोही थाइल्यान्ड जाने कुरा गर्दै पो रहेछन्। त्यहीबेला त्यस्तो कुरा गर्ने एउटा कानून व्यवसायीले हाछ््यु गर्छ।
अर्को कानून व्यवसायी आएर भन्छ– ‘जान्छस् मूला थाइल्यान्ड। यस्तो कोरोनाको लक्षण भएको व्यक्ति आइसोलेसनमा जा’ भन्दै घोक्र्याउन थाल्छ। यस्तो अवस्थामा न त अन्तर्राष्ट्रिय उडान छ न त विदेशमा गएर राम रमिता गर्न पाइन्छ। कानून व्यवसायीहरुले के यस्तो कुरा ग¥या होला भन्दै धरहराले आफ्नो दूरुविन अन्तै घुमायो।

प्रतिक्रिया दिनुहोस्