पाटन पर्यटन विकास समितिको अध्यक्षमा दिलेन्द्रराज श्रेष्ठ



ललितपुर।

पाटन पर्यटन विकास संस्थामा दिलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको हालै सम्पन्न वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको हो।

समितिको उपाध्यक्षमा कृष्णलाल महर्जन, महासचिवमा सतिस शाक्य, कोषाध्यक्षमा मोहन ब्यञ्जनकार र सहसचिवमा आपुलाल अवाले रहनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यहरु गौतम श्रेष्ठ, लक्ष्मणकृष्ण राजभण्डारी, सगुन धाख्वा, धर्मराज शाक्य, अनिल शाक्य तथा सरिता अवाले हुनुहुन्छ ।

२०५३ सालमा स्थापित यस संस्थाले ललितपुरमा सम्पदा यात्राका रुटहरुको पहिचान तथा यात्राहरुको संचालन, बर्षेनी विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। त्यसैगरी परम्परागत शैलीका घरहरुको संरक्षण गरी पर्यटकीय आवासस्थलको विकास गर्ने लगायतका बिभिन्न कार्यबाट ललितपुरको पर्यटन बिकासमा ठोस योगदान पु¥याउँदै उपाध्यक्ष महर्जनले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्