काभ्रेलाई ‘योगमय’ बनाइने



काभ्रे।

काभ्रेलाई ‘योगमय’ जिल्ला बनाइने पतञ्जली योग समितिले घोषणा गरेको छ । शनिबार सो संस्थाको २०औं वार्षिकोत्सव तथा पदस्थापन कार्यक्रम सो घोषण गरिएको हो ।

जिल्लालाई २०८३ सालभित्र योगमय जिल्ला घोषणा गर्ने उद्घोष गरिएको नवनिवार्चित अध्यक्ष प्रकाश कायस्थले बताए । सबै पालिकामा योग साधना केन्द्र स्थापना गरी नागरिकलाई योगमा समावेश गर्दै स्वस्थ जीवन बिताउन र अनुशासित समाज निर्माणका लागि योग महत्वपूर्ण मानिँदै आएको छ ।

पतञ्जली योग समिति काभ्रेमा कायस्थको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । समितिको उपाध्यक्ष मोहनकृष्ण श्रेष्ठ, महामन्त्री श्यामकुमार श्रेष्ठ, कोषाध्यक्ष सुन्दरप्रसाद कारञ्जित, संगठनमन्त्री कान्छाकुमार श्रेष्ठ, मन्त्री माधव श्रेष्ठ रहेका छन् । त्यसै गरी इन्दिरा तौजलेको अध्यक्षतामा महिला पतञ्जली योग समितिमा नयाँ समिति चयन भएको छ ।

पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सो कार्यक्रको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्