उड्दै गरेको विमानबाट लगातार किरा खसेपछि…



 न्युर्योक ।

नेदरल्याण्डबाट अमेरिकाकोलागि उडान भरेको डेल्टा विमान एयरलाइन्सको विमानमा यात्रा गरिरहेका एक यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि सो विमान  एम्स्टर्डम फर्कन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेल्टा एयरलाइन्सको  उडान १३३  नेदरल्याण्ड्सको एम्स्टर्डमबाट मिसिगनको डेट्रोइट बिमानस्थलको लागि प्रस्थान गरेको थियो।   तर, उडानको एक घण्टामा एयरबस ए ३३०–३०० एम्स्टर्डमको सिफोल विमानस्थलमाफर्केको हो।

विमान उडेको १ घण्टापछि  टाउको माथिबाट गोब्रेकिराहरु मानिसको शरीरमा   झर्न थालेपछि विमानलाई फर्काइएको थियो ।  यात्रु फिलिप स्कोट जो अहिले अमेरिकाको आयोवामा बसोबास गर्ने व्यक्ति नेदरल्यान्ड्स निवासी हुन् । उनले आफ्नो छेउमा बसेकी महिलामा करिब एक दर्जन किराहरु देखेपछि क्याविन क्रुलाई खबर गरेकी थिइन ।

विमान एम्स्टर्डममा अवतरण भएपछि खोजी नीति गर्ने क्रममा यात्रुको झोलाबाट उक्त किरा खसेको पत्ता लागेको डेल्टा एयरले जनाएको छ ।  जसमा पत्रिकामा बेरिएको सडेको माछामा परेको किरा खसेको पनि सीएनएनले जनाएको छ ।

त्यस पछि झोला विमानको पछाडि सारियो र विमान एम्स्टर्डम पुन फर्कने घोषणा गर्यो । केहि घण्टापछि अमेरिकाको लागि अर्को उडानबाट यात्रीहरुलाई पठाइएको सिएनएनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्