असल चालकले महायज्ञ जोगे गर्न नपर्ने व्यवसायीको भनाई

८५०० लाई प्रशिक्षण



बुटवल। 

पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवलले आन्तरिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तीव्रता दिएको छ । अभियानको क्रममा प्रालिले सोमबार १२५ जना सवारी चालक तथा सहचालकहरूलाई दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ ।

सोही प्रशिक्षणमा सहभागीलाई  यसरी  प्रशिक्षण प्रदान गरिएको थियो । बसका चालक र सहचालकलाई गुरु भनिन्छ । गुरु भनेका अति असल हुन्छन्  । तीनै असल गुरुले उत्पादन गर्ने शिष्यहरू ,ती गुरुले स्याहार सुसार गर्ने डुलाउने घुमाउने र गन्तव्यमा पुराउनेहरूको आचरण पनि पक्कै  असल हुनु पर्छ भन्ने मान्यता रही आएको छ । तीनै गुरुहरूलाई आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा महत्त्व पूर्ण मात्र होइन की ९५ प्रतिशत हात हुने गरेको प्रहरीको तथ्याङ्क रहेको छ ।

यही विषयलाई ध्यानमा राखी पश्चिम नेपाल बस व्यवसायी प्रालिले  विसं २०६६ सालको पुस २६ गते देखि आफ्ना मातहतका चालक, परिचाल तथा सहचालकहरूलाई लक्षित गरी  सञ्चालन गदै आएको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी तालिममा हाल सम्म ८ हजार ५ सय जनालाई सो तालिम प्रदान गरेको अध्यक्ष दधिराम खरेलले बताए ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी सुरक्षित रुपमा यात्रा गराउनु चालकको जिम्मेवारी भएको भन्दै आफूले चलाएको गाडीमा आफ्नो परिवारका सदस्य पनि सवार छन् भन्ने सोचेर होशियारीकासाथ सवारी चलाउँदा दुर्घटना कम हुने दाबी गरिन् । पाण्डेले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा गर्ने भन्दा पनि गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरूलाई आग्रह गरिन् ।

सभ्य भाषा नम्र बोली व्यवहारसहितको सेवा नै अचुक औषधि भएको बताउँदै उनले अपांग र आरक्षण सिट कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले अहिलेसम्म प्रालिले ८ हजार ५०० चालक र परिचालकलाई प्रशिक्षण दिएको बताए । चालकले मानवीय त्रुटि नगर्न आग्रह गर्दै त्यस्तो भेटिए प्रालि चालकलाई कारबाही गर्न पनि पछि नपर्ने बताए ।

कार्यक्रममा प्रालिका सञ्चालक जितेन्द्र खत्री, कार्यक्रम सहसंयोजक नारायण भण्डारी, सञ्चालक रामचन्द्र खड्का, लालबहादुर गुप्ता, मजदुर नेता होमबहादुर पाण्डे लगायतले बोल्दै यातायात क्षेत्रलाई सम्मानित पेसा बनाउने सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्