लुम्बिनीमा मन्त्रिमण्डल विस्तार, ६ विना विभागीयसहित १० सदस्यीय मन्त्री परिषद्



बुटवल। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार बिस्तार गरेका छन्  । संसदको विषयगत समितिको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तार गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेसंगै मन्त्री परिषद् विस्तार भएको छ । मन्त्री परिषद् विस्तार भएपनि थपिएका मन्त्रीलाई भने मन्त्रालय तोकिएको छैन विना विभागीय मन्त्री बनाइएको छ ।

सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय लिने गरी १० सदस्यीय मन्त्रीमण्डल बनाइएको छ ।  जस अन्तर्गत एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुन कुमार केसी र बांकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाइएको छ । एमालेबाट यस अघि संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य आर्थिक मार्मीला  तथा योजना मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री बनाइसकेका छन् । महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् ।

 उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले धर्म बहादुर चौधरी र स्वतन्त्रबाट खडक बस्नेत मन्त्री नियुक्त भएका छन् ।

 आज साँझ ५ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एकीकृत समाजवादीको टुंगो लागेको छैन। एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन् ।

  मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई,नेकपा एकीकृत समाजवादी लाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो । सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्