मन्त्री हुँदा बजेट हालेँ, अब विकास हेर्छुः मास्की



दाङ ।

लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा आफूले हालेका बजेटको अनुगमन गर्दै प्रदेशसभा सदस्य धनबहादुर मास्की गाउँ–गाउँ पुग्ने गरेका छन्।

दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित मास्कीले गाउँ–गाउँमा गएर योजना अनुगमन गर्ने गरेका छन्। मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का विभिन्न योजनाको अनुगमन गरे।

त्यस अवसरमा उनले पश्चिम दाङमा जति बजेट आएको छ, त्यो सबै कार्यान्वयनको चरणमा रहेको बताए। ती योजनाहरूको निर्माण कार्यको अनुगमनलाई अघि बढाएको उनले बताए।

‘मन्त्री हुँदा मैले बजेट हालेँ’,उनले भने‘अब ती योजनाहरूको अनुगमन गरेर, काम छिटो सक्न पहल थाल्छु ।’ केही योजनाहरू निर्माण पूरा पनि भइसकेको छ र केही योजनाहरू पूरा हुने प्रक्रियामै रहेको उनले बताए।

मन्त्री हुँदा होस्, वा सांसद मात्रै हुँदा पनि पश्चिम दाङको विकासकालागि हरदम लागिरहेको समेत उनले बताए। मंगलबार तुलसीपुर ११ स्थित शान्ति माध्यमिक विद्यालय नवलपुरको २ कोठे भवन र चार कोठे ट्रस्ट निर्माणको अनुगमन गरेका हुन् । जहाँ मास्कीले अर्थमन्त्री हुँदा १५ लाख बजेट विनियोजन गरेका थिए।

त्यस्तै तुलसीपुर ११ बेल्टाकुरा स्थित उरहरी स्वास्थ्य चौकीको भवन निर्माणको अनुगमन गरेका थिए। जहाँ मास्कीले २० लाख बजेट विनियोजन गरेपछि तुलसीपुर उपमहानगरपालिकाले थप गरी काम सुरु भएको थियो। ९ वर्षदेखि भवन अलपत्र भएको कुरा थाहा पाएपछि मन्त्री मास्कीले प्रदेश सरकारबाट बजेट विनियोजन गरेका थिए।

त्यस्तै तुलसीपुर ११ बेलगनार स्थित पातुखोलाको भएको तटबन्ध निर्माण कार्यको अनुगमन गरेका थिए । जहाँ वर्षौँदेखि पातुखोलाले कटान गरेको जग्गा सुरक्षित भएको छ।

मास्कीले सोही ठाउँमा २० लाख बजेट विनियोजन गरेका थिए। त्यस्तै तुलसीपुर १० गोलौरीमा निर्माण भएको सडक नालाको अवलोकन गरेका थिए। जहाँ मास्कीले ३० लाख बजेट विनियोजन गरेका थिए।

मन्त्री मास्कीले तुलसीपुर ११ बेलटाकुरा स्थित कृष्ण मन्दिरको पनि अनुगमन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्