सबिता नगदसहित पुरस्कृत



काठमाडौं ।

एभरग्रीन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सबिता रानामगरलाई नगदसहित पुरस्कृत गरेको छ।

प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेजर संदिप प्रधानले सवितालाई चेक हस्तान्तरण गरेका थिए। साउदी अरेबियामा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो।

जोर्डनसँगको फाइनलमा पेनाल्टीमा नेपाल ५–३ गोलले पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । फाइनलमा सबिताले नेपालका लागि पहिलो गोल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्