जुडो टोलीको बिदाइ



काठमाडौं ।

काजाखस्तान बरिसी ग्रान्ड स्लाममा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही मे १० देखि १२ तारिखसम्म हुनेछ।

पेरिस ओलम्पिकका लागि छनोट आधारका रुपमा रहेको प्रतियोगितामा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।

मनीता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष श्रेष्ठले जनाएका छन् । प्रशिक्षकमा देबु थापा छिन्।

प्रतिक्रिया दिनुहोस्