एमाले कर्णालीको दोस्रो  बैठक सुर्खेतमा सुरु 



सुर्खेत ।

 नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षता र पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख अतित्थ्यतामा बैठक सुरु भएको छ।

राष्ट्रिय राजनीनतिमा आएको परिवर्तनसँगै पहिलो पटक बस्न लागेको एमाले कर्णालीको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रदेश अधिवेशन पश्चात कार्यमुलक ढंगले पहिलो पटक बस्न लागेको बैठकले पार्टीको आगामी कार्य योजना निर्माण, राष्ट्रिय राजनीतिको समिक्षा लगायतका विषयमा छलफल गर्ने पार्टीका अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

बैठकमा सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने यजना तय भएपनि राष्ट्रिय राजनीतिका बारेमा थप सल्लाह गर्नुपर्ने भएकाले अन्तमा उनी  आउन नसकेको बताइएको छ ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्युरो सदस्य भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य नीरज आचार्य, विनोद कुमार शाह, नगेन्द्र शाही, दल फडेरा लगायका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्