गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन : मन्त्री चुमान



कास्की ।

 गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरि बहादुर चुमानले गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन गर्ने बताएका छन् । आइतवार आर्थिक मामिला मन्त्रालयको पदभार ग्रहण गर्दे मन्त्री चुमानले आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निर्णय गर्दे मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने निर्णय गरेका छन् । लगानी सम्मेलनका लागि आर्थिक मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

पुँजीगत खर्च बढाउन सरकारको विशेष ध्यान जाने बताउँदै मन्त्री चुमानले विगतदेखि नै प्रदेश सरकारले खर्चदर वृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागि पर्ने बताए ।

नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान, प्रदेश प्रति थप सचेतना तथा औद्योगिक पूर्वादारको विकास, आर्थिक स्रोतबृद्धीका लागि आवश्यक कदम चाल्ने मन्त्री चुमानको भनाई थियो ।

 पदभार ग्रहण लगत्तै कर्मचारीहरुलाई बिशेष निर्देशन दिदै उनले समान्य प्राबिधिक कमजोरीलाई टेकेर रातो कितावका योजना समेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने उनको भनाई थियो । ईन्भेष्ट गण्डकीमा पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

 त्यसैगरी औद्योगिक पुर्बाधार जलबिद्युत लाई समेटेर एक अवधारण पत्र तयार गरी अगाडी बढिने मन्त्रालयले तयारी सुरु गर्ने व्यवस्था मिलाइएको बताइएको छ । लगानी सम्मेलनसंगै आगामी पन्चबर्षिय योजनालाई त्यसक्रै आधारमा प्रभावकारी बनाउने सरकारको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्