म एकल आमा हुँ



म एकल आमा हुँ । एकल आमा भएर नै सन्तानलाई हुर्काउँदै आएकी छु । भनिन्छ नि, एउटा सन्तान हुर्काउन बुवाआमा दुवैको दायित्व उत्तिकै हुन्छ । तर, यहाँ एकल आमा एक्लैले आफ्नो सन्तानलाई बुवाआमा दुवैको जिम्मेवारी एक्लै लिएर हुर्काएकी छ ।

हो त्यही एकल आमा हो, जो सबैको हेला सहेर आफ्नो सन्तानको लागि केही गर्छु भनी हिँडिरहेकी छ अनि बाँचिरहेको छ । समाजले हेला गर्छ र जसले महिलालाई नै गलत भनिरहेको हुन्छ, तर पनि व्यक्ति कसैले गर्ने हेला सहेर ऊ अघि बढिरहेकी हुन्छे । उसलाई कसैले सोध्दैन तिमीलाई कस्तो छ भनेर ?  उसको पनि मन हो, उसलाई पनि त इज्जतको साथ समाजमा जिउने अधिकार छ नि त । तर, खोई त्यो अधिकार कसले दिन्छ ? अनि कहाँ पाइन्छ ?

आमा शब्द नै काफी छ सन्तानको लागि तर जब एकल आमा हुन्छे के त्यो आमा होइन र ? एकल आमा हुनु गलत हो र ? एकल आमालाई समाजले हेर्ने नजर, पुरुषले हेर्ने नजर किन यो समाजमा अझै परिवर्तन हुन सकेको छैन ? के एकल आमा सधैँ समाजले के भन्ला भनेर खुम्चिएर नै बस्ने हो र ? आखिर को सँग छ यसको उत्तर ? प्रश्नै प्रश्नको जिन्दगीमा अल्झेर कहिलेसम्म जिउनुपर्ने होला, एकल आमाहरुले ?

प्रतिक्रिया दिनुहोस्