गीतकार तारा अधिकारीको डेब्यु निर्देशनमा बनेको फिल्म तिलस्मीको पोस्टर सार्वजनिक गरिएको छ।
आगामी पुस २४ गते प्रदर्शनमा आउने फिल्मको सार्वजनिक पोस्टरमा तीन प्रमुख कलाकारलाई फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ। सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्कालाई प्रस्तुत गरिएको छ। तीन पात्रलाई एकअर्कास“ग जोडेर प्रस्तुत गरिएको पोस्टरले फिल्मको कथावस्तु र पात्रबीचको सम्बन्धबारे दर्शकमाझ कौतूहल सिर्जना गरेको छ।
पारिवारिक कथामा आधारित फिल्ममा जाहन्वी, सुनिशा र महेशस“गै आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की, सुभाष भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको कथा, निर्माण तथा निर्देशन तारा अधिकारी स्वयंले गरेकी हुन्। फिल्मको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन्।
फिल्ममा सुमन केसी र किरण क“डेलको संगीत, राजीव समरको कोरियोग्राफी, बिनोद बलको छाया“कन, अमित श्रेष्ठको ध्वनि डिजाइन तथा नहकुल खड्काको सम्पादन रहेको छ। त्यसैगरी पार्किष गिरी र अमित श्रेष्ठले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन्। फिल्मको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन्।








तपाईंको विचार लेख्नुहोस्