क्षणिक आकर्षणमा आधुनिक प्रेम


माघे संक्रान्तिलाई रिलिज डेट तय गर्दै फिल्म फ्रेन्च किसको टिजर सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा अर्पण थापा र थिन्ले ल्हामोको रोमान्सलाई केन्द्रमा राखिएको छ। काठमाडौंका सुन्दर स्थानदेखि तालसम्म हात समाएर घुम्ने उनीहरूको प्रेमयात्रा एकान्तमा माया र होटलसम्म पुग्छ।

प्रेमबारे आआप्mना धारणा राख्ने उनीहरू आधुनिक समयमा प्रेम मिथकमा परिणत भइसकेको बताउँछन्। एकअर्काप्रति आकर्षित देखिने जोडीको रोमान्ससँगै टिजरमा ठूलो स्वरमा बोलिएका संवादले सम्बन्धमा चिसोपना आएको संकेत गर्छ। यसले आधुनिक प्रेममा देखिने क्षणिकता र आकर्षणलाई प्रस्तुत गरेको छ।

सार्वजनिक टिजरमा अर्पण र थिन्ले मात्रै देखिएका छन्। अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारले अभिनय गरेको फिल्म अभिनेता अर्पण थापाले निर्देशन गरको हुन्। फिल्ममा कथा पनि निर्देशक थापा स्वयंकै छ।

नयाँ पुस्ताको प्रेमकथालाई फरक ढंगले प्रस्तुत गर्ने उद्देश्य राखिएको फिल्ममार्फत दर्शकले आधुनिक प्रेमकथाको अनुभूति गर्न पाउने निर्देशक थापाले बताएका छन्। निर्माण टिमले पनि फिल्मलाई नयाँ पुस्ताको स्वादअनुसार तयार गरिएको जनाएको छ।

एटीएप. प्रोडक्सन प्रालिको ब्यानरमा सौगात बस्नेत कार्यकारी निर्माता र सुभाष बी. शाही सह–निर्माता रहेको फिल्ममा संगीत दीपक बज्राचार्य र छायाँकन निर्देशन सुदीप बरालको रहेको छ।