डबिङमा शुभ विवाह


आगामी फागुन २१ रिलिज हुने फिल्म शुभ विवाहको धमाधम डबिङ भइरहेको छ।

सुदर्शन थापाद्वारा निर्देशित फिल्ममा प्रदीप खड्का, सनीशा भट्टराई, हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराय, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।