बाः एक योद्धाले

मनायो ५१औँ दिन



बक्स अफिसमा औसत व्यापार, दर्शकको प्रतिक्रिया भने अत्यन्त सकारात्मक। यही समीकरणले संगीतकार हरि लम्सालद्वारा निर्देशित फिल्म बाः एक योद्धालाई प्रदर्शनको ५१औँ दिनको सफलतासम्म पुर्‍ याएको छ।

गत असोज ९ गते रिलिजमा आएको फिल्मले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो। प्रदर्शनमा आएका कतिपय फिल्म हलबाट बाहिरिइसक्दा पनि बाः एक योद्धा भने केही हलमा दर्शकसँगको सम्बन्ध कायम राख्दै प्रदर्शनरत छ।

बक्सअफिस रिपोर्टअनुसार फिल्मले हालसम्म ३ करोड ५६ लाख ८ हजार १ सय ८१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। संगीतकार लम्सालको डेब्यू निर्देशन रहेको फिल्मले व्यापारिक हिसाबले औसत प्रदर्शन गरे पनि दर्शकबाट राम्रो पब्लिक रिभ्यू पाएको छ। पारिवारिक भावना, बुबाको त्याग र संघर्षलाई कथाको केन्द्रमा राखिएको फिल्मले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण र वृद्धावस्थामा उनीहरूले सामना गर्नुपर्ने चुनौतीलाई पर्दामा उतारेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्धारा निर्मित फिल्ममा कथा र पटकथा लम्सालकै छ। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काप्mले सह–निर्माता रहेको फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारले अभिनय गरेका छन्।