बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुन हिजो प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।