सिद्धार्थ केबलकारलाई कर दिवसमा सम्मान


काठमाडौं ।

सिद्धार्थ केबलकार राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा सम्मानित भएको छ ।आन्तरिक राजस्व कार्यालय, बुटवलले आर्थिक वर्ष २०८१/८२ को आयविवरणअनुसार आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये दोस्रो स्थान हासिल गरेको भन्दै कम्पनीलाई सम्मान गरेको हो ।

आन्तरिक राजस्व विभागको मातहतमा रहेको आन्तरिक राजस्व कार्यालय, बुटवललेकर दिवसका अवसरमा मंगलबार कम्पनीलाई सम्मान–पत्र प्रदान गरेको हो ।कर दायित्व इमानदारीपूर्वक निर्वाह गर्दै राष्ट्रिय विकासमा योगदानपुर्‍याएको कदरस्वरूप कम्पनीलाई सम्मान गरिएको कार्यालयले जनाएकोछ ।

सिद्धार्थ केबलकारलाई बधाई ज्ञापन गर्दै अन्य करदाताका लागिप्रेरणाको स्रोत बन्ने गरी आगामी दिनमा पनि राष्ट्रिय विकासमा थपयोगदान पुर्‍याउने अपेक्षा गरिएको सम्मान पत्रमा उल्लेख छ ।