मकवानपुरमा सुमो खोलामा खस्यो, ३ जनाको मृत्यु र ७ घाइते


मकवानपुर ।

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।बुधबार बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो।सुमोमा चालकसहित १० जना सवार रहेको र दुर्घटनामा सात जना घाइते भएको बताइएको छ।\

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।उद्धार गरिएका घाइते तथा मृतकलाई हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।