एक्सन र प्रेमकथाको संयोजनमा निर्माणाधीन फिल्म मोहनीको छायाँकन चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा निर्माणाधीन फिल्मको छायाँकन चितवनसँगै मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौँका विभिन्न रमणीय स्थानमा गरिनेछ।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाँकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिएका छन्। कथाको मागअनुसार कलाकार छनोट गरी छायाँकन सुरु गरिएको उनले बताए। दर्शकसम्म राम्रो फिल्म पुर्याउने उद्देश्यसहित निर्माणमा जुटेको उल्लेख गर्दै निर्माता विजयले भने, ‘कथाको मागअनुसार नै हामीले कलाकार छनोट गरेर फिल्मको छायाँकन सुरु गरेका छौँ। दर्शकसम्म एउटा राम्रो फिल्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ।’
आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झालगायतका कलाकारले अभिनय गर्ने फिल्ममा
विजय ब्लोन तामाङको कथा, सामीप्यराज तिमल्सेनाको पटकथा र संवाद, विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, र महेश पौडेलको छायाँकन रहनेछ।








तपाईंको विचार लेख्नुहोस्