काठमाडौं ।
पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनका क्रममा राजधानी ढाकासहित २८ जिल्लामा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।
हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन् भने विभिन्न स्थानमा चार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखामा आगजनी गरिएको छ ।
तनाव बढेपछि सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ ।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक गतिविधि र तनाव थप बढेको हो ।
बंगलादेशमा पछिल्ला घटनाले राजनीतिक अस्थिरता र सुरक्षा चुनौती पुनः बढाएको छ ।








तपाईंको विचार लेख्नुहोस्