काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन हुँदैछ। भेलामा आज उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने तथा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन दिने कार्यक्रम छ।
भेला समापनपछि अपराह्न ३ बजे सोही स्थानमा पार्टीको केन्द्रीय कमिटीको चौथो बैठक बस्ने नेता सूर्य थापाले जानकारी दिएका छन्।बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीका आगामी सांगठनिक र राजनीतिक योजनाबारे छलफल हुने जनाइएको छ।








तपाईंको विचार लेख्नुहोस्