काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ।
तिहारयता सुनको मूल्य प्रतितोला २३ हजार ४ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ।











प्रतिक्रिया