सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 


काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। तर चाँदीको मूल्य भने बढेको छ।

बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रू ६ सय घटेको हो। चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।