कतारमा नेपाली अलैंचीको आकर्षण बढ्दो



ताप्लेजुङ ।

नेपालमा उत्पादान गरिएको अलैंची कतारको राजधानी दोहा लगायतका भिन्न बजारहरुमा आकर्षण बढ्दै गएको छ । गत साता कतारले आयोजना गरेको पाँच दिने कतार एस्पो (प्रर्दशनी)मा नेपाली अलैंचीको आकर्षण बढेको हो । दोहामा पाँच दिन सञ्चालन भएको कतार एस्पो गत सोमबार सम्मपन्न भयो । एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । प्रर्दशनीमा राखिएको नेपाली अलैंची प्रति कतारका नागरिकको बढि आर्कषित भएका थिए ।

फुङलिङ नगरपालिका ६ का भिमवहादुर गुरुङले उत्पादन गरेको अलैंची पुष्पलाल ओझाले ताप्लेजुङ ग्रेडिङ गर्नु भयो । उहाँले झापाको बिर्तामोडमा प्याकेजिङ गर्नुभयो । त्यहीं अलैंची कतारको राजधानी दोहामा सञ्चालित पॉचदिने प्रशर्दनिमा राखियो । अहिले प्रदर्शनका लागि दुवई पनि पठाइएको छ । ताप्लेजुङ लगायत देशभरको उत्पादन कतार, साउदी अरव, दुवई लगायतका खाडी राष्ट्रमा पुग्छ । तर, नेपालको नामबाट जॉदैन र जाने प्रकृया पनि फरक छ ।

नेपालकै नामबाट सिधै ती मुलुकमा पठाउने प्रकृयाका लागि नेपालबाट अलैंची पठाएको वातावरण संरक्षण तथा विकास मञ्चका पूर्व अध्यक्ष चन्द्रप्रकाश भट्टराई (सिपि) बताउनुभयो । उहाँका अनुसार गैरआवासीय संघ (एनआरएन)को सहयोगमा कतारमा बस्नुभएका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको हो । याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्र मार्फत लगिएको अलैंची कतारका नागरिकले अधिक मनपराएको र प्रकृयाका विषयमा भट्टराईले बताउनुभयो ।

प्रदर्शनिमा बसेका पौडेलका अनुसार कतारका नागरिकको चासो देख्ता प्याकेजिङमा सुधार गरेर हवाई जहाज मार्फत लैजान सकिने हिम्मत बढेको छ । ‘प्याकेजको बाहिर यहाँको स्थानीय भाषामा लेख्नु पर्ने रहेछ,’ उहांले भन्नुभयो– ‘यहॉको नियमानुसार खाद्य गुणस्तर परिक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनु पर्ने रहेछ ।

कतारका नागरिकले अनिर्वाय मसलाको रुपमा प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो ‘हामीले चिरा मसला तथा बाह् मसला प्रयोग गरे जस्तै कतारका नागरिकहरुले अलैंचीको प्रयोग गर्ने गर्दछ ।’ कतारमा नेपाली अलैंची प्रति केजी १२० रियल अर्थात नेपाली चार हजार रुपैंया भन्दा बढीमा मुल्यमा खरिद विक्री हुर्दै आएको पौडेलले बताउनुभयो ।

अहिलेसम्म नेपालको अलैंची भारत जाने र भारतले आफ्नै ब्राण्ड बनाएर बिक्रि गर्ने गरेको छ । पहिला ग्रेडिङ पनि भारतमै हुने गरेको थियो । अहिलेभने नेपालमै हुन थालेको छ ।
ब्यवसायीले जिल्ला/जिल्लामा पनि ग्रेडीङ गर्न थालेको अलैंची ब्यवसायी ओम विमली बताउनुभयो । देशका ४३ जिल्लामा खेती हुदैआएको छ ।

नेपालमा बार्षिक सात हजार मेट्रिकट्रन सम्म अलैंची उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालको सबैभन्दा बढी ताप्लेजुङले तीन हजार टनको हाराहारिमा उत्पादन गरेको छ । देशभरीको अधिकांस अलैंची झापाको कॉकरभिट्टा नाकामा जम्मा हुने र भारत निकासी हुने गरेको छ । भारतमाबाट अन्य मुलुकहरुमा निर्यात हुर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्