पाल्पाली करुवाले फेरि गति लिँदै



कविराज नेपाल, पाल्पा ।

संकटमा पर्दै गएको पाल्पाली करुवाले फेरि गति लिने आशा पलाएको छ । पाल्पा आउने पर्यटकमध्ये धेरैजसोले हस्त निर्मित करुवा चिनोरूपमा लैजाादै आएछन् । वर्षाै पहिलेदेखि माग रहेको करुवाको प्रवद्र्धनमा विभिन्न प्रयास हुने गरेको पनि नयाा पुस्तामा सीप हस्तान्तरण नहुादा पाल्पाली करुवा उद्योग अहिले संकटमा परेको थियो ।

सीप र प्रोत्साहनको अभावले करुवा उत्पादनमा आकर्षित हुन नसकेका युवापुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएका छन् । तानसेन नगरपालिकाले करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको र तालिमपछि केहीले व्यक्तिगत र केहीले सामूहिक रुपमा करुवा उत्पादन थालेकाले पुनः करुवाले बजार पाउने र उत्पादन हुने आशा गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही बताउनुहुन्छ ।

पछिल्लो समयमा पाल्पाली करुवाको माग बढेको छ । तर, यसको मागअनुसार उत्पादन हुन नसकेको उद्यमी तथा बिक्रेता बताउाछन् । यहााका पुराना उद्यमी सुरेशमान बज्राचार्य पाल्पामा आफ्नो बाजेको पालादेखि नै करुवा बनाउने काम गरे पनि कच्चा पदार्थको अभाव र नयाा पुस्ताले यो काममा रुचि दिन छाडेपछि पाल्पाली करुवा विस्थापित हुन पुगेको हो । उहााका अनुसार केही वर्ष पहिलेसम्म पाल्पा जिल्ला सदरमुकाम तानसेनको टक्सार भनिने टोलै भरी करुवा र धातुका उद्योग भए पनि अहिले जसोतसो ३ वटा उद्योग छन् ।

करुवा स्वस्तिकको प्रतीक पनि हो । यसलाई मानिसले पानी पिउन र धार्मिक उत्सवमा प्रयोग गर्न रुचाउाछन भने पाल्पाको चिनोका रुपमा पनि करुवा प्रसिद्ध छ । काास धातुलाई पगालेर मैनको फर्मामा राखेर परापूर्वकालदेखि बनाइने करुवाले मुलुकका ठूला र निर्णायक तहमा रहेका व्यक्तित्वहरुको घर सजिएका छन् । पाल्पाली करुवा अन्य करुवाजस्तो मेसिनबाट नभई हातले कुांदेर बनाउने गरिन्छ । त्यसैले पनि पाल्पाली करुवा जति आर्कषक र बलियो साथमा चम्किलो छ त्यति अन्य स्थानमा बनाएको नहुने अर्का उद्यमी मनिन्द्रप्रसाद वज्राचार्य बताउनुहुन्छ ।

तानसेनको टक्सारमा रहेका वर्षोै पुराना धातुकला उद्योगले देशमै करुवा उद्योगको नामवाट ख्याती कमाएका छन् पाल्पाली करुवा उद्योगले उत्पादन गरेका ६ सयदेखि २ लाख पर्ने करुवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायतका देशमा समेत पुगिसकेका छन् । बाह्य पर्यटकमात्रै होइन आन्तरिक पर्यटकलाई करुवा आर्कषणको वस्तु बनेकोले माग बढी आउने गरेको उद्योगी बताउाछन् । उद्योगी सुरेशप्रसाद वज्राचार्यले करुवा बनाउन चाहिने शुद्ध काास, गाइको गोवर, देवलको माटो, राङलगायतका कच्चा पदार्थको अभावले गर्दा उद्योग संकटमा परेको बताउनुभयो । उहााले माग र बजारको समस्या नभए पनि एक महिनामा करिब सय वटामात्रै करुवा बनाउन सकिने बताउनुभयो । पाल्पाली करुवाको मूल्य प्रतिगोटा करिब २ हजारदेखि एक डेडलाख रुपियाासम्म पर्ने र आफूहरुले ६ महिना लगाएर ५ लाख रुपियाा पर्ने करुवा बनाएको जानकारी दिनुभयो । मेहनत बढी लाग्ने र सबैकुरा हातले गर्नुपर्दा बावु बाजेको पालादेखिको उद्योग धरासयी बन्दै एकादेशको कथा बन्ने होकि भन्ने चिन्ता लाग्ने उहााको भनाइ छ ।

तीन पुस्ताअघिदेखि उत्पादन हुादै आएको पाल्पाली उत्पादनका लागि आवश्यक सीप सहयोग पाएपछि नयाा पुस्ता करुवा उत्पादनमा काम गर्न थालेको तानसेन–१, गैरागाउाका खिमबहादुर विकले बताउनुभयो ।‘पहिले करुवा बनाउने सीप थिएन, तालिम पाएपछि लोप हुादै गएको पाल्पाली करुवा बनाउन शुरू गरेका छौं । बिकले भन्नुभयो–‘आफ्नै लगानीमा करुवा उद्योग समेत चलाएका छौं ।’

तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) ले संयुक्त रुपमा युवालाई स्वरोगजार बनाउन सहयोग गरेका छन् । करुवाको तालिम लिएका र उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहने युवालाई नेपाल बैंकसागको सहकार्यमा सहुलियतमा लगानी भइरहेको नगरप्रमुख शाहीले बताउनुभयो । रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीेले सीप हस्तान्तरण नहुादा लगभग एकादेशको कथा बन्न लागेको पाल्पाली करुवा अब पुनर्जीवित हुने र यसले अरु पुस्तालाई पनि आकर्षित गरेर पाल्पाको गौरव बचाइराख्ने आशा पलाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्