पूजा, सुशिल र कवितासँगै एक्का–३


नेपाली फिल्म एक्का–३ को ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गरिएको छ।रुपेश तामाङको निर्देशनमा निर्माण हुन लागेको फिल्मको शुभमुहूर्तसँगै निर्माण टिमले फिल्मको औपचारिक निर्माण यात्रा अघि बढाएको हो। जुना फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्ममा पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपाली मुख्य भूमिकामा रहनेछन्।

यसै फिल्मबाट आयशा तामाङले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। शुभमुहूर्त समारोहमा अभिनेत्री पूजा शर्मा र कविता नेपाली सहभागी थिए। फिल्ममा मुख्य कलाकारसँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल झाँक्री, सावित्री चिलुवाल, दीक्षेन तामाङ, जयलाल दंगालीलगायत कलाकारले अभिनय गर्नेछन्।

रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता तथा राजु श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा लेखन सुमन गजमेर, संगीत अर्जुन पोखरेल र सन्तोष प्रगाढ, एक्सन निर्देशन राजु किरा“त, छायांकन सौरभ लामा र सम्पादन साहिल खानको रहनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।