संगीत र मनोरञ्जनलाई एचआईभी÷एड्सविरुद्धको जनचेतना अभियानसँग जोड्दै एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवसका अवसरमा आगामी मंगलबार विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने भएको छ।
कन्सर्टमार्फत एचआईभी परीक्षण, उपचार र संक्रमित व्यक्तिप्रतिको सामाजिक व्यवहारबारे सचेतना फैलाउने आयोजकले राजानीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएका छन्। कार्यक्रममा एएचएफका प्रतिनिधिहरूले कन्सर्टमा सांगीतिक प्रस्तुतिसगै समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्वबारे जनचेतना फैलाउने र एचआईभी संक्रमित व्यक्तिका लागि सहयोगी वातावरण निर्माण गर्ने गतिविधिलाई प्राथमिकता दिइने जानकारी गराए।
संगीत र मनोरञ्जनलाई अर्थपूर्ण सामाजिक सन्देशसँग जोडेर जनचेतना अभिवृद्धि गर्ने मञ्चका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको एएचएफले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्