पल र सनिशाको सुनबुकी फुल


लोकप्रिय अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराईले अभिनय गरेको यूगल गीत सुनबुकी फूलको भिडियो सार्वजनिक गरिएको छ। गरिमा फिल्म्स् युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो।

गायक मार्मिक लामा र गायिका मिलन नेवारको स्वर रहेको कर्णप्रिय गीतमा शब्द राजनराज शिवाकोटी र गोविन्द भट्ट, संगीत राजनराज शिवाकोटी तथा संगीत संयोजन बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीको रहेको छ। म्युजिक भिडियोका स्थापित निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै कलाकार पुकार भट्टराईले पनि अभिनय गरेका छन्।

नेपाली मौलिक पहिरन, संस्कृति तथा सामूहिक नृत्यलाई प्राथमिकता दिइएको भिडियोमा दर्शकका पल र सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक देखाइएको छ। गीतको दृश्यमा नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिको संयोजन देख्न सकिन्छ।

भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन्। गीतको अडियो तथा भिडियो गरिमा फिल्म्स्ले निर्माण गरेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।