गणतन्त्रका युवराज



गणतन्त्रमा राजा–रानी, युवराज–युवराज्ञी आदिको केही महत्व हुँदैन भनेर जसले बुझ्यो, उसले गलत बुझ्यो। युवराज खतिवडा राष्ट्रियसभा सदस्यबाट निवृत्त भैसकेर पनि अर्थमन्त्रीमा कायम रहेको देखेपछि धरहरा कि त नेपालमा गणतन्त्र नै आएको छैन, कि त गणतन्त्रमा युवराजहरूको पनि स्थान हुँदोरहेछ भन्ने निष्कर्षमा पुगेको छ।
गणतन्त्रका भाग्यमानी युवराजले अन्तर्वार्ता दिंदै भन्नुभएछ– ‘६ वर्ष नै अर्थमन्त्री बन्न पनि सक्छु।’ यति ठूलो हिम्मत भएका उहाँलाई देख्ने जो कोही पनि दंग नपर्ने कुरै छैन। ‘राजतन्त्रमा एक राजा तर गणतन्त्रमा सयौं राजा’ भन्नेहरू पनि युवराजको हिम्मत र सफलता देखेर खुसी हुनुपर्छ।
युवराज स्वयम्को असजिलो चाहिँ कति मात्र भने, पहिलाजस्तो ‘मेरो समय कांग्रेसले बिगारेको अर्थतन्त्र सपार्नमै समय गयो’ भनेर जोगिन मिल्ने ठाउँ भने रहेन। नेकपाले शासन गरेकै यति लामो समय भएपछि पुरानो कांग्रेसमाथि दोष थोपर्न कसरी पाइयो र ⁄

प्रतिक्रिया दिनुहोस्