महिलाको मान



अन्तर्राष्ट्रिय महिला दिवस मनाएर महिला–पुरुष–अन्य लिङ्गीको मान बढाउने जो इच्छा धरहराको थियो पापी कोरोना भाइरसले सखाप बनायो। ‘महिला दिवस मनाएर महिलाको पो मान बढ्छ, पुरुष र अन्य लिङ्गीको कसरी बढ्छ?’ भनेर तपाईंलाई प्रश्न गर्न मन लागेको छ भने गर्नुभए हुन्छ। आमा, दिदी, बहिनी, भाउजू, साली र घरवाली जसको मान बढे पनि परिवारकै मान बढ्ने हो, परिवारमा पुरुष र अन्य लिङ्गी पनि बस्ने भएकाले स्वतः सबैको मान बढेन त⁄ धरहराले यसपटक नारी दिवस मनाउन नपाए पनि मुलुकको कुना–कन्दरामा उनीहरूको मान बढाउने काम भएको भयै रहेछ। बाइनाकुलर इटहरीस्थित बसपार्कतिर लगाएको– त्यहाँको सशुल्क शौचालयमा महिलालाई मान गर्ने अभ्यास भएको देखियो। दम्पतीजस्ता देखिने प्राणी महिला र पुरुष खण्डबाट आ–आफ्नो काम सकेर पैसा तिर्न तयार भए। पुरुषले भने– ‘म तिर्छु नि, पाँच–पाँच रुपियाँ १० त होला नि⁄’ सशुल्क शौचालयका इन्चार्जले भनिन्– ‘हैन, पुरुषको पाँच र महिलाको १०, जम्मा १५ रुपियाँ भयो।’ धरहरा दंग प¥यो, महिलाले चाहिँ धेरै परिमाणमा पिसाब त्याग गर्दा रहेछन् कि क्या हो⁄ पछि, धरहराले चित्त बुझायो– सायद महिलालाई सम्मान गर्ने यो इटहरेली शैली हो, जसको पिसाबको मोल नै पुरुषको दुईगुणा हुन्छ भने, त्योभन्दा बढी सम्मान के चाहियो?

 

प्रतिक्रिया दिनुहोस्