पूर्वप्रधानमन्त्रीसँग प्रेममा केटी पेरी, युरोप भ्रमणका तस्बिर भाइरल


काठमाडौ ।

अमेरिकी पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो बीचको प्रेमसम्बन्ध फेरि चर्चामा आएको छ। युरोप भ्रमणमा रहेका उनीहरू इटालीको भेनिसस्थित विमानस्थलमा हात समातेर हिँडिरहेको अवस्थामा देखिएका छन्।

नोभेम्बर २३ मा भेनिसको मार्को पोलो विमानस्थलमा उनीहरू सँगै देखिएका हुन्। सार्वजनिक भएका तस्बिरमा दुवै एकअर्काको हात समातेर विमानस्थलतर्फ अघि बढिरहेको देखिन्छ।

केटी पेरीले क्यामेल रङको आरामदायी पहिरन, स्कार्फ, टोपी र कालो चस्मा लगाएकी थिइन्। ट्रुडो भने हरियो पाइन्ट र कालो टिसर्टमा देखिएका थिए।

उनीहरूको पछिल्लो युरोप भ्रमणमा स्पेन, इटाली र फ्रान्स समावेश थिए। नोभेम्बर १७ मा स्पेनको बार्सिलोनामा आयोजित मेटाफ्युटुरो सम्मेलनमा ट्रुडो सहभागी भएका थिए। त्यसपछि उनीहरू मिलान र पेरिसमा पनि देखिएका थिए।

४२ वर्षीया केटी पेरी र ५४ वर्षीय ट्रुडोबीच सन् २०२५ देखि प्रेमसम्बन्ध रहेको बताइन्छ। सन् २०२६ मा उनीहरूले सार्वजनिक रूपमा रेड कार्पेटमा समेत सँगै उपस्थिति जनाइसकेका छन्।

पेरीले यसअघि एक अन्तर्वार्तामा ट्रुडोलाई आफ्नो जीवनको प्रेमसमेत बताएकी थिइन्। आफ्नो जीवनमा प्रेमको नयाँ अध्याय सुरु भएको उनको भनाइले पनि उनीहरूको सम्बन्धलाई थप चर्चामा ल्याएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।