ऊर्जा उद्यमीको माग सम्बोधन टेक अर पेमा पीपीए गर्ने निर्णय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ऊर्जा उद्यमीलाई आकर्षित नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले ऊर्जा प्रवद्र्धकसँग ‘टेक अर पे’ (प्रयोग गर वा तिर) अवधारणाअनुसार विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

निजी ऊर्जा प्रवद्र्धकले लामो समयदेखि टेक अर पेमा विद्युत् खरिद सम्झौता गर्न माग गर्दै आएका थिए ।

आर्थिक वर्ष २०८४÷८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पँरा गर्न ५ हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनाको टेक अर पेमा विद्युत् खरिद सम्झौता निर्णय भएको छ । टेक अर पे प्रावधानको पीपीए लागँ भएपछि १० वर्षमा १५ हजार मेगावाटको लक्ष्य पँरा गर्न सहज हुने मन्त्रालयको भनाइ छ ।

बैठकले यसअघि ४ हजार ५ सय मेगावाटसम्मका अर्ध जलाशययुक्त प्रकृतिका आयोजनाको पनि विद्युत् खरिद सम्झौता टेक अर पेमा गर्ने निर्णय अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएको छ । टेक अर पेमा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोधभर्नाका लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ ।

टेक एन्ड पेमा सम्झौता गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी नगर्ने र विद्युत् बिक्रीसमेत नहुने हो कि भन्ने गुनासो ऊर्जा उद्यमीको थियो । अब टेक अर पेमा विद्युत खरिद सम्झौता गरेपछि उत्पादकले विद्युत् उत्पादन गरिसकेपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् लिए पनि नलिएपनि उत्पादकलाई पैसा तिर्नुपर्छ। विद्युत् किन्ने पँर्ण ग्यारेन्टी हुने भएकाले बैंकले जलविद्युत् आयोजनामा ऋण लगानी गर्न सहज हुने उद्यमीको भनाइ छ ।