सामसङको ‘वल्र्डकप फिल द गेम’ योजनाका विजेता पुरस्कृत

0
Shares

काठमाडौं, (नेस)
फिफा वल्र्डकप २०१८ को अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले आफ्ना ग्राहकलाई लक्षित गर्दै ल्याएको योजना ‘फिल द गेम’ का विजेतालाई पुरस्कार वितरण गरेको छ ।

यस योजनाअन्र्तगत कम्पनीले वल्र्डकप चलिरहेको समयमा टेलिभिजन खरिद गर्नेे ग्राहकलाई क्यास ब्याक सेवा दिएको थियो । योजना अवधिभर विभिन्न मोडेलका सामसङका एसयुएचडी टीभी, कर्भड टीभी, युएचडी टीभी, स्मार्ट टीभी, नन् स्मार्ट टीभी, एफ्एचडी तथा एचडी टीभीमा अधिकतम् २७ प्रतिशतसम्म क्यासब्याक तथा २ वर्षसम्म वारेन्टी एवं शँन्य प्रतिशतमा किस्ताबन्दीको सुविधा प्रदान गरिएको थियो ।

यो योजना सामसङका लागि नेपालको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहकार्यमा १ जुनदेखि १५ जुलाईसम्म अधिराज्यभर रहेका आधिकारिक सामसङ ब्रान्ड स्टोर तथा आउटलेटबाट प्रदान गरिएको थियो ।

अफरका साथै सामसङका स्मार्ट टिभी खरिदकर्ताले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल प्रालि तथा केजीएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए । टर्किस एयरको बिजिनेस क्लासको राउन्ड–ट्रिप टिकट, सामसङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ‘ए’ ६ प्लस तथा ग्यालेक्सी ७ डुओस जित्ने ग्राहकमा क्रमशः नवीनधुन श्रेष्ठ, बाबुरत्न महर्जन, चिनी मैया श्रेष्ठ, वेनु सुवेदी तथा मनमाया गुरुङ रहेका छन् । भाग्यशाली विजेतालाई यही अगस्ट ६ तारिखमा पुरस्कार प्रदान गरिएको थियो ।